चार ट्रक उत्तिसको काठ बरामद
gorkhapatraonline.com · Tue Aug 25 08:23:29 GMT 2026

खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सवडिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –९ निर्मलिडाँडा र साकेला गाउँपालिका –१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए ।
Read full story at source (gorkhapatraonline.com)