पर्यटकको रोजाइमा नुवाकोटको भाल्चे भेडा फार्म, संरक्षणसँगै पर्यटनको केन्द्र बन्दै
bishowkhabar.com · Tue Aug 25 08:21:13 GMT 2026

काठमाडौं– नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेमा रहेको भेडा आनुवंशिक स्रोत केन्द्र आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । किस्पाङ पुग्ने पर्यटक यहाँको मनमोहक दृश्यसँगै स्थानीय बरुवाल जातका भेडा हेर्न भेडा फार्म पुग्ने गरेका छन् ।
समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको स्रोत केन्द्रसँग ६६० रोपनी जमिन तथा पर्याप्त चरण क्षेत्र छ । केन्द्रमा हाल ३५४ वटा भेडा रहेका छन् । बरुवाल जातका भेडाको संरक्षण, नश्ल सुधार तथा उन्नत जातका भेडा उत्पादन गरी किसानलाई उपलब्ध गराउनु केन्द्रको मुख्य उद्देश्य हो ।
Read full story at source (bishowkhabar.com)