काठमाडौं उपत्यकासहित ३२ जिल्लामा आज बाढीको उच्च जोखिम
kendrabindu.com · Sat Jul 11 03:52:01 GMT 2026

काठमाडौं । देशका केही स्थानका नदी तथा खोलामा आज बाढीको उच्च जोखिम छ । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे भएर बग्ने नदी तथा खोलामा आज बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
नुवाकोट, ताप्लेजुंग, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ भएर बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिम छ ।
Read full story at source (kendrabindu.com)