वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यताबारे स्थलगत अध्ययन सुरु
annapurnapost.com · Tue Aug 25 08:37:56 GMT 2026

वीरगन्ज : करिब २५ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना (मिल) पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलको टोली मंगलबार वीरगन्ज आइपुगेको छ। सरकारले चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्नका लागि भदौं १ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सि.डि.ई. श्रीकान्त यादवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थ्यिो। त्यहि कार्यदलको टोली वीरगन्ज आएर मंगलबारदेखि आफ्नो काम सुरु गरेको छ। मंगलबार नै चिनी मिलमा पुगेर उक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण सुरु गरिएको कार्यदलका संयोजक यादवले बताए।
वीरगन्जमै दुई दिन रहेर चिनी मिलको स्थलगत निरीक्षण र अनुगमन गरिने उनले बताए। त्यसपछि काठमाडौं फर्किएर कार्यदलको टोलीले आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाउने जानकारीपनि उनले दिए। उद्योग मन्त्री गौरीकुमारी यादवको पहलमा वीरगन्ज चिनी कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।
Read full story at source (annapurnapost.com)