सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
reportersnepal.com · Tue Aug 25 08:39:43 GMT 2026

विराटनगर, भदौ ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित रही पत्रकारिता गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सत्य र तथ्यको आधारमा गरिने पत्रकारिताले मात्र समाजलाई बलियो बनाउने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले बिमा कम्पनील बीमितको भुक्तानीे सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका लागि आग्रह गर्दै प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितमा काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफनो नेतृत्वको सरकारले सबै राजनीतिक दलसँग सहकार्य गरेको घटना सुनाउँदै उहाँले व्यवसायीलाई आफनो पेशामा टिकाउन बिमा कम्पनीको ठूलो भूमिका रहेको बताउनुभयो ।
Read full story at source (reportersnepal.com)