लिङ्देनको पत्र असत्य भन्दै प्रदेश अध्यक्षले काटे प्रदेशसभालाई अर्को पत्र
onlinekhabar.com · Tue Aug 25 08:37:09 GMT 2026

९ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिले तीन प्रदेश सांसदमाथि गरेको कारबाहीविरुद्ध बागमती प्रदेश कार्यसमिति उभिएको छ । प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम थापाले तीन प्रदेशसभा सदस्यमाथि केन्द्रले गरेको पदमुक्तिको निर्णय अवैध भन्दै त्यसलाई वैधानिकता नदिन बागमती प्रदेशसभामा पत्राचार गरेका छन् ।
राप्रपा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष थापाले प्रदेशसभा सचिवालयमा दर्ता गरेको पत्रमा राप्रपा संसदीय दलका नेता उद्धव थापासहित चार सांसदलाई पदमुक्त गरिएको पत्र संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावलीविपरीत रहेको दाबी गरिएको छ ।
Read full story at source (onlinekhabar.com)