अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थता, सकारात्मक प्रगति भएको दाबी
baahrakhari.com · Tue Aug 25 08:40:34 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच जारी सैन्य तथा राजनीतिक द्वन्द्व अन्त्य गर्ने प्रयासस्वरूप विगतमा भएको समझदारीपत्र (एमओयू) पुनःस्थापना गर्ने विषयमा महत्त्वपूर्ण प्रगति भएको पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले दाबी गरेका छन् ।
पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर र गृहमन्त्री नक्वीले इरानी राष्ट्रपतिसँग उच्चस्तरीय भेटवार्ता गरेपछि नक्वीले यस्तो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै उनले इरानी राष्ट्रपतिसँगको भेटवार्ता अत्यन्तै सकारात्मक र फलदायी रहेको बताए ।
Read full story at source (baahrakhari.com)