बिटक्वाइनको मूल्य ८० हजार डलरमाथि पुग्यो
ratopati.com · Tue Aug 25 09:02:12 GMT 2026

सिंगापुर । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य मंगलबार ८० हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ । अमेरिकी डलर कमजोर बन्दै जानु तथा लगानीकर्तामा मुद्राको मूल्य घट्ने चिन्ता बढेपछि क्रिप्टो करेन्सीले बजारमा नयाँ गति लिएको हो ।
एजेन्सीका अनुसार मंगलबार बिटक्वाइन एसियाली कारोबारमा ८० हजार ३२३.२४ डलरमा कारोबार भइरहेको थियो । यसअघि यसको मूल्य ८१ हजार २३७.९४ डलरसम्म पुगेको थियो । त्यपछि गिरावट आएको बिटक्वाइनको मूल्यमा अगस्ट महिनामा मात्रै मूल्य करिब २८ प्रतिशतले बढिसकेको छ । यससँगै नोभेम्बर २०२४ पछि यताको सबैभन्दा ठूलो मासिक वृद्धि हुने दिशामा अघि बढेको छ ।
Read full story at source (ratopati.com)