‘नाडा अटो शो २०२६’ काठमाडौंमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
annapurnapost.com · Tue Aug 25 09:07:19 GMT 2026

काठमाडौं : स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरे। कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए।
उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्न आग्रह गरे।उपराष्ट्रपतिले नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्राका रूपमा व्याख्या गर्दै अब नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।
Read full story at source (annapurnapost.com)