बानेश्वरमा प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ
baahrakhari.com · Tue Aug 25 09:08:00 GMT 2026

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा डिउटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत छन् ।
मंगलबार (भदौ ९) बिहान बानेश्वर क्षेत्रमा डिउटीमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी रूपमा सडक पार नगर्न आग्रह गरेकी थिइन् । त्यसपछि उनी प्रहरीमाथि नै जाइलागेका थिए । प्रहरीले उनलाई बानेश्वरबाट नै पक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)