एसीसी यू १९ महिला प्रिमियर कप : कतारमाथि नेपालको १०५ रनको जित
himalpress.com · Sat Jul 11 04:36:50 GMT 2026
काठमाडौँ- एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि सानदार जितबाट सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् । सना प्रविणले २७ रन जोडिन् भने अञ्जिला पाठक २३ रनमा अविजित रहिन् । कप्तान सोनी पाख्रिन भने खाता नै खोल्न नसकी आउट भइन्।
Read full story at source (himalpress.com)