चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन
nepalnews.com · Tue Aug 25 09:25:02 GMT 2026

पर्सा । सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरास्थित मिलको स्थलगत अनुगमन गरेको थियो।
त्यस अवसरमा कारखाना भवनसहितका भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावनाबारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताए। सरकारले यही भदौ १ गते उक्त कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो।
Read full story at source (nepalnews.com)