सञ्चारमाध्यामले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ: मन्त्री डा. तिमिल्सिना
kendrabindu.com · Tue Aug 25 09:33:56 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
उनले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
Read full story at source (kendrabindu.com)