नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
annapurnapost.com · Tue Aug 25 09:50:14 GMT 2026

काठमाडौं : पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध मंगलबार विशेष अदालतमा आरोप- पत्र दायर गरेको हो।
उनीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो।
Read full story at source (annapurnapost.com)