असदकालीन पूर्व मुफ्तीलाई आजीवन कारावासको सजाय
nepalnews.com · Tue Aug 25 09:58:15 GMT 2026

दमास्कस । सिरियाको अदालतले पूर्व राष्ट्रपति बशर असदको शासनकालका पूर्व ग्रान्ड मुफ्ती अहमद बद्रेद्दिन हसनलाई हिंसा भड्काएको र हत्यालाई उचित ठहर गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ। असद शासनका उच्च अधिकारीमाथि नयाँ सरकारको कानूनी कारबाहीअन्तर्गत यो पछिल्लो महत्त्वपूर्ण फैसला हो।
दमास्कसको चौथो फौजदारी अदालतका प्रमुख न्यायाधीश फखरेद्दिन अल–आर्यनले हसन नेतृत्वको तत्कालीन धार्मिक प्रतिष्ठानले नागरिक क्षेत्रमा ब्यारेल बम प्रयोग र व्यापक विनाशलाई न्यायोचित ठहर गरेको बताए। अदालतले यस्तो कार्य अन्तर्राष्ट्रिय मानवीय कानूनविपरीत भएको ठहर गरेको छ।
Read full story at source (nepalnews.com)