सात दिनभित्रै भ्याट विवरण सच्याउन मिल्ने, नयाँ करदाता पोर्टल सञ्चालनमा
aarthiknews.com

काठमाडौं । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा भएको त्रुटि अब आफैँ सच्याउन सक्ने भएका छन्। आन्तरिक राजस्व विभागले कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउने उद्देश्यले नयाँ संस्करणको ‘करदाता पोर्टल’ परीक्षण प्रयोगमा ल्याएसँगै यस्तो सुविधा उपलब्ध भएको हो।
विभागका अनुसार नयाँ पोर्टलमार्फत भ्याट विवरण पेश गरेपछि त्यसमा कुनै अंकगत वा अन्य सामान्य त्रुटि भेटिएमा सात दिनभित्र आफैँ संशोधन गर्न सकिनेछ। यसअघि विवरणमा सामान्य गल्ती भए पनि सच्याउन सम्बन्धित कर कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो।
Read full story at source (aarthiknews.com)