व्यास नगरपालिकामा भूमि बैंक स्थापना गरिँदै
gorkhapatraonline.com · Tue Aug 25 10:01:00 GMT 2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति पाएपछि तनहुँको व्यास नगरपालिकाले भूमि बैंक स्थापना तथा सञ्चालनको प्रक्रियाअघि बढाउने निर्णय गरेको छ ।
सङ्घीय सरकारले भूमि बैंकका लागि स्वीकृति दिएका देशका पाँच पालिकामध्ये परेको व्यास नगरपालिकाले नेपाल सरकारबाट जारी ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ अनुरूप काम अघि बढाउन लागेको हो ।
Read full story at source (gorkhapatraonline.com)