ठगी मुद्दामा फैसला आएपछि सर्वोच्च परिसरमै अधिवक्ताको आत्महत्या प्रयास
kalakarmi.com · Tue Aug 25 10:10:16 GMT 2026

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरमै आत्महत्या प्रयास गरेको बताइएको छ । मुद्दामा आफूविरुद्ध फैसला आएपछि अधिवक्ता लालबहादुर राईले सुसाइड नोट लेखेर सर्वोच्च अदालतबाट हामफाल्ने प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
घटनाबारे सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले आफूले पनि सोही विवरण सुनेको बताएका छन् । यद्यपि घटनाको विस्तृत कारण तथा आत्महत्या प्रयासको अवस्थाबारे आधिकारिक रूपमा थप विवरण सार्वजनिक हुन बाँकी छ ।
Read full story at source (kalakarmi.com)