लुम्बिनीका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
lokaantar.com

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीको कार्यालय, बुटवलमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।
प्रमुख सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
Read full story at source (lokaantar.com)