सेयर लगानीकर्ताको ६ वर्षमा तिरे ५८ करोड ४३ लाख जरिवाना, सरकारले त्यसैबाट उठायो साढे १४ करोड कर
aarthiknews.com

काठमाडौं । नेपाल सरकारले पछिल्लो ६ वर्षमा धितोपत्र क्लोजआउट पेनाल्टीबाट साढे १४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म सरकारले क्लोजआउट पेनाल्टीमा लाग्ने करमार्फत १४ करोड ६० लाख ८२ हजार ७७९ रुपैयाँ उठाएको हो ।
यस अवधिसम्म कुल १ लाख १७ हजार ५०१ क्लोजआउट कारोबार भएका छन् । ती कारोबारबाट ५८ करोड ४३ लाख ३१ हजार ११४ रुपैयाँ बराबरको क्लोजआउट पेनाल्टी परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांकले देखाएको छ । सरकारले यही पेनाल्टी रकममा पनि कर संकलन गर्दै आएको छ ।
Read full story at source (aarthiknews.com)