लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
reportersnepal.com · Tue Aug 25 10:18:22 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ।
Read full story at source (reportersnepal.com)