डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
ratopati.com · Sat Jul 11 05:58:45 GMT 2026

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक भ्रष्टाचार भएको संस्थानका पूर्व सञ्चालक समिति अध्यक्ष डा.वेदबहादुर क्षेत्रीले दाबी गरेका छन्। शनिबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले डीडीसी धराशायी हुनुमा कृषि मन्त्रालय नै मुख्य जिम्मेवार रहेको आरोप समेत लगाएका हुन्।
डीडीसीका पूर्व अध्यक्ष डा.क्षेत्रीले आर्थिक वर्ष २०७४/७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ अर्बभन्दा बढी घाटामा जानुको मुख्य जिम्मेवार तालुकदार कृषि मन्त्रालय नै रहेको जिकिर गरे। आफू अध्यक्ष रहँदादेखि वर्तमान समयसम्म संस्थानको सुधारका लागि निरन्तर कृषि मन्त्रालयदेखि राज्यका हरेक निकायसम्म ध्यानाकर्षण गराउँदा पनि कसैले नसुनिएको डा.क्षेत्रीको गुनासो छ।
Read full story at source (ratopati.com)