डेढ अर्ब घाटामा डिडिसी, पूर्वअध्यक्षले लगाए व्यापक भ्रष्टाचार र कृषि मन्त्रालयको संरक्षणको आरोप
kalakarmi.com · Sat Jul 11 06:06:53 GMT 2026

काठमाडौं- सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)मा व्यापक भ्रष्टाचार भएको पूर्वसञ्चालक समिति अध्यक्ष डा.वेदबहादुर क्षेत्रीले खुलासा गरेका छन् । शनिवार राजधानीमा गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले डिडिसी धराशायीक हुनुमा कृषि मन्त्रालय नै मुख्य जिम्मेवार रहेकोसमेत आरोप लगाएका छन् ।
डिडिसीका पूर्व सञ्चालक समिति अध्यक्ष डा.क्षेत्रीले आ.ब.२०७४/७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ अरब बढि घाटा हुनुमा तालुकदार कृषि मन्त्रालय मुख्य जिम्मेवार रहेको जिकिर गरे । आफू अध्यक्ष रहँदादेखि वर्तमान समयसम्म संस्थानको सुधारका लागि निरन्तर कृषि मन्त्रालयदेखि राज्यका हरेक निकायसम्म ध्यानाकर्षण गराउँदा पनि कसैले नसुनेको डा.क्षेत्रीको गुनासोे छ ।
Read full story at source (kalakarmi.com)