हरित ऊर्जामा आधारित सवारीसाधनको प्रवर्द्धन गर्नुपर्नेमा उपराष्ट्रपति यादवको जोड
annapurnapost.com · Tue Aug 25 10:55:42 GMT 2026

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारीसाधनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाल जस्तो विकासशील मुलुकका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक रहेको बताए। यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा आएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा तथा वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिन सहयोग पुग्ने उनको भनाई छ।
Read full story at source (annapurnapost.com)