बालेनलाई जनताले देशकै चाबी दिए, ड्राइभर चाहिँँ एम्बुलेन्सको परेछ : सुदन किराती
nepalpress.com · Tue Aug 25 11:04:51 GMT 2026

इलाम । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहलाई जनताले देशकै चाबी दिए पनि देश राम्रोसँग चलाउन नसकेको बताएका छन् । इलामको बिप्लेटेमा आयोजित पार्टीको ‘जनहातेमालो’ कार्यक्रममा बोल्दै उनले भने, ‘जनताले बालेनलाई देशकै चाबी दिए । तर, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ ।’
उनले थपे, ‘ट्राफिक लाइट पनि नहेर्ने, अर्काको लेन पनि मिच्ने, जसलाई पायो त्यसलाई किच्याउने, जहाँ पायो त्यहीँ छिर्ने, जता पायो त्यतै पार्किङ गर्ने गरिरहेको छ । सार्वभौमिक अधिकारसम्म नागरिकले आफ्नो अमूल्य मतद्वारा चुनेको ड्राइभरले नियम कानून त मान्नुपर्छ होला नि ?’
Read full story at source (nepalpress.com)