क्व्होलासोँथारमा विभिन्न क्षेत्रका १२ जना सम्मानित
gorkhapatraonline.com · Fri Jun 26 06:26:58 GMT 2026

क्व्होलासोँथार गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति, कृषि फार्म, उपभोक्ता समिति, विद्यार्थी तथा वडालाई सम्मान गरेको छ । वडा नं. ३ घलेगाउँमा भएको गाउँसभाको २० औँ अधिवेशनमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत रूपनारायण चौरसियालाई उत्कृष्ट कर्मचारी तथा स्वास्थ्य शाखाका मेडिकल अधिकृत डा. सागर थापालाई उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मान गरिएको छ । कृषि क्षेत्रतर्फ वडा नं. ६ पसगाउँस्थित प्रगतिशील एकीकृत कृषि फार्मका सञ्चालक होमबहादुर गुरुङ र वडा नं. ४ भुजुङस्थित नमुना कृषि तथा पशुपन्छी कृषि फार्मका सञ्चालक कुलबहादुर विक सम्मानित हुनुभएको छ । शिक्षा क्षेत्रतर्फ वडा नं. ३ बगुमस्थित घले उत्तरकन्या माध्यमिक विद्यालयका शिक्षक उमलबहादुर विक तथा वडा नं. ९ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयका शिक्षक प्रकाश उपरकोटीलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरिएको छ । त्यस्तै वडा नं. १ बाग्लुङपानीस्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थी शेरप लामालाई एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)