मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया बहिष्कार गर्न कांग्रेसको 'ह्विप'
ratopati.com · Tue Aug 25 11:18:49 GMT 2026

हेटौँडा। बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री किरण थापामगरको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई 'ह्विप' जारी गरेको छ। अदालतमा नियुक्तिसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा संसद्मा विश्वासको मत लिनु असंवैधानिक र अदालतको अवहेलना हुने भन्दै कांग्रेसले यस्तो निर्णय गरेको हो।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले सोमबार एक विज्ञप्ति जारी गर्दै भदौ ९ गते (आज) दिउँसो ४:०० बजेका लागि तय गरिएको विश्वासको मतसम्बन्धी संसदीय प्रक्रियामा सहभागी नहुन आफ्ना सबै प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएका हुन् ।
Read full story at source (ratopati.com)