हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु
barnanmedia.com · Tue Aug 25 11:17:17 GMT 2026

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।
हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्स्कोफको सुरक्षा अवस्था थप गम्भीर बनेको छ । सरकारले घटनालाई ‘जघन्य आक्रमण’ भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएको छ ।
Read full story at source (barnanmedia.com)