दुई जना साथीहरूसँग मदिरा सेवन गर्दा भएको विवादका कारण उनको हत्या
barnanmedia.com · Tue Aug 25 11:21:00 GMT 2026

काठमाडौँ महानगरपालिका–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाइज होस्टलमा बसेर फ्रेन्च भाषा पढ्दै थिए २२ वर्षीय बसन्त कालाखेती । तर, भाषा अध्ययन सकेर फ्रान्स जाने उनको योजनामा ब्रेक लागेको छ ।
त्यही होस्टलमा बस्ने दुईजना साथीहरूसँग मदिरा सेवन गर्दा भएको विवादका कारण उनको हत्या भएको छ । भदौ ५ मा बिहान उनलाई दुईजना युवकले धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाखेतीको सामान्य विवादमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
Read full story at source (barnanmedia.com)