‘पार्वती’ मा अटिजम भएकी महिलाको कथा, नीता भन्छिन्- ‘दर्शकले फरक स्वाद पाउनुहुन्छ’
kalakarmi.com · Tue Aug 25 11:25:53 GMT 2026

चितवन- नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ प्रदर्शनको संघारमा छ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर दर्शकमा पनि उत्साह छ ।
प्रदर्शनपूर्व देश दौडाहामा रहेको फिल्म युनिट मंगलवार चितवन आईपुग्यो । चितवनमा भएको पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक, कथाकार तथा नायिका नीता ढुंगानाले अटिजमको कथा बोकेको ‘पार्वती’ ले दर्शकलाई फरक स्वाद दिने बताईन् । अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा दिदी र भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई देखाउन खोजिएको छ । फिल्ममा नीताले अटिमजम भएकी महिलाको पात्र निभाएकी छन् । कलाकार अशोक दर्जी उनको भाईको भूमिकामा छन् ।
Read full story at source (kalakarmi.com)