बाँदर र बँदेलको हैरानीपछि टिमुर खेतीतिर किसान
onlinekhabar.com · Tue Aug 25 11:34:05 GMT 2026

९ भदौ, पाल्पा । यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताए।
यहाँका धेरैजसो किसानले बारीभरि टिमुर लगाएको उनको भनाइ छ। ‘यहाँ सबैजसो बारी र बाँझो जमिनमा टिमुर छ, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ’, सारुले भने। टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ।
Read full story at source (onlinekhabar.com)