मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति
nepalviews.com · Tue Aug 25 11:47:28 GMT 2026

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला यार्तुङ पर्वको रौनक छ । उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएलगत्तै वारागुङ मुक्तिक्षेत्रमा यसको चहलपहल बढेको छ । गाउँका चोक, चौतारा र मैदानमा मानिसहरूको जमघट बाक्लिएको छ । हिमाली हावामा घोडाको टापको आवाज गुञ्जिन थालेको छ ।
जनप्रिय युवा क्लब, रानीपौवाले आयोजना गर्न लागेको यार्तुङको घोडा दौडका लागि समाजसेवी ङुटुक गुरुङ ‘मुस्ताङ टाइगर’ पनि आफ्ना चार घोडासहित मुक्तिनाथ पुगेका छन् । घरमै चढ्नका लागि मात्रै उनका सातवटा घोडा छन् ।
Read full story at source (nepalviews.com)