संघीय सरकारले नै फोहोर व्यवस्थापनको नेतृत्व लिनुपर्छ : मेयर महर्जन
annapurnapost.com · Tue Aug 25 11:45:47 GMT 2026

काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्। काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष समेत रहेका महर्जनले फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाको फोहोर व्यवस्थापन स्थानीय तहले मात्र गर्न नसक्ने स्पष्ट पारे। उनले संघीय सरकारले वैज्ञानिक अध्ययन तथा अनुसन्धानका आधारमा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
मेयर महर्जनले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएपनि काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहले छुट्टाछुट्टै फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्नु व्यावहारिक नहुने बताए।
Read full story at source (annapurnapost.com)