चिनी निर्यातमा भारतको प्रतिबन्धपछि उद्योगीको माग : ‘भन्सार घटाऊ, तेस्रो मुलुकबाट ल्याउँछौं’
ratopati.com · Sun May 17 12:43:52 GMT 2026

विराटनगर । भारत सरकारले सन् २०२६ को सेप्टेम्बर ३० सम्मका लागि चिनी निकासी (निर्यात)मा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको अभाव हुने हो कि भन्ने आशंका देखिएको छ । चिनीको स्टक पर्याप्त रहेको भन्दै मन्त्रालय र चिनी उत्पादक संघले आश्वस्त पार्न खोजे पनि उद्योगी र व्यवसायीहरूमा चिन्ता छाएको छ ।
नेपालको आन्तरिक उत्पादनले मात्र बजार र उद्योगको माग धान्न नसक्ने अवस्था रहेको अवस्थामा भारतले लगाएको प्रतिबन्ध लम्बिए चिनीको अत्यधिक खपत हुने जुस, बिस्कुट, चकलेट लगायतका उद्योगहरू सङ्कटमा पर्नसक्ने उनीहरूको भनाइ छ ।
Read full story at source (ratopati.com)