गछिया गोल्डकपको आय–व्यय सार्वजनिक, दोस्रो संस्करण अझ भव्य बनाइने
rajdhanidaily.com · Sun May 17 12:43:47 GMT 2026
सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछिया युवा समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप २०८२ को आय–व्यय सार्वजनिक गरिएको छ। गछियास्थित एसएस क्याफे एन्ड रेष्ट्रोमा आयोजित विशेष कार्यक्रममा आयोजक समितिले प्रतियोगिताको विस्तृत आर्थिक विवरण सार्वजनिक गर्दै प्रतियोगिताको समिक्षासमेत गरेको हो।
गत मंसिर १५ गतेदेखि सञ्चालन भएको गछिया गोल्डकपले स्थानीयस्तर मात्र नभई प्रदेशकै खेलकुद क्षेत्रमा विशेष चर्चा बटुल्न सफल भएको आयोजकले जनाएको छ। प्रतियोगिताले युवापुस्तामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै गछियाको पहिचानलाई नयाँ उचाइमा पुर्याएको कार्यक्रममा सहभागीहरूले बताएका छन्।
Read full story at source (rajdhanidaily.com)