टेलिकमले सुरु गर्यो आउटबाउन्ड आईभीआर सेवा, अब एकै पटक हजारौं नम्बरमा भोइस मेसेज पठाउन सकिने
techpana.com · Tue Aug 25 12:24:36 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले एकै पटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई बढीमा एक मिनेट सम्मको रेकर्डेड भाेइस मेसेज पठाउन सकिने सुविधा ल्याएको छ । कम्पनीले व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस मेसेजको रूपमा पठाउन सकिने गरी आउटबाउन्ड आईभीआर (इन्टरएक्टिभ भ्वाइस सेस्पोन्स) सेवा सञ्चालनमा ल्याएको हाे ।
यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरूका लागि उपयोगी हुने कम्पनीको अपेक्षा छ । टेलिकमले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरूप सञ्चालन गरिरहेको यो सेवालाई अब व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो ।
Read full story at source (techpana.com)