कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु
barnanmedia.com · Sat Jul 11 07:57:28 GMT 2026

लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसको सङ्ख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको घटना दर्ता भएका छन् ।
पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युसमेत समावेश भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै सरकारले देशको उत्तर र उत्तरपूर्वमा सोपो र हाट-युलेलाई समावेश गरी इबोला प्रकोपबाट उच्च गतिमा प्रभावित प्रान्तको सूची विस्तार गरेको बताउनुभएको छ ।
Read full story at source (barnanmedia.com)