ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना
rajdhanidaily.com · Tue Aug 25 13:17:57 GMT 2026

बारा । ब्रहमकुमारी राजयोग केन्द्र कलैयाद्वारा रक्तदानको आयोजना गरिएको छ । संस्थाकी पूर्व मुख्य प्रशासिका डा. दादी प्रकाशमणिको १९ औं पुण्य स्मृति दिवसको अवसरमा रक्तदानको आयोजना गरिएको थियो ।
ब्रह्माकुमारीज समाज सेवा प्रभाग कलैयाद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकन भएको संचालीका मिना दिदीले जानकारी गराईन । डा. दादी प्रकाशमणिको पुण्य स्मृति दिवसको अवसरमा रक्तदान, विभिन्न विधालय, कलेजमा योग ध्यान लगायतको कार्यक्रम गरि मनाउने गरेको उनले जानकारी गराईन ।
Read full story at source (rajdhanidaily.com)