तातोपानी नाका ३६ दिनपछि आंशिक रूपमा सञ्चालन
annapurnapost.com · Tue Aug 25 13:14:37 GMT 2026

काठमाडौं : नेपाल–चीन व्यापारको सबैभन्दा छोटो र महत्वपूर्ण उत्तरी नाका तातोपानी नाका ३६ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। बर्खा सुरु भएसँगै बाढी, पहिरो र सडक भासिने समस्याका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि करिब ६ सातादेखि प्रभावित हुँदै आएको नाका सोमबारबाट सञ्चालनमा आएको हो।
सडक डिभिजन कार्यालय चरिकोटले अस्थायी रूपमा सडकको ट्रयाक खोलेपछि नेपालतर्फ रोकिएका मालबाहक कन्टेनर तातोपानी भन्सार यार्डसम्म पुगेका छन्। लामो समयदेखि रोकिएका कन्टेनर भन्सार यार्डमा भित्रिएपछि आयात–निर्यात केही सहज हुने अपेक्षा गरिएको छ। नाका सञ्चालनमा आए पनि सडकको अवस्था अझै सहज भइसकेको छैन। अरनिको राजमार्गअन्तर्गत कोदारी र डाक्लाङ क्षेत्रमा सडक खुलाइएको भएपनि लिपिङ बजारमा सडक भासिएपछि सवारी आवागमनमा समस्या कायमै देखिएको छ।
Read full story at source (annapurnapost.com)