रामकोटको सीताराम माविले जोड्यो दक्षिण कोरियास्थित सनमुन विश्वविद्यालयसँग सम्बन्ध
himalpress.com · Sat Jul 11 08:31:18 GMT 2026

काठमाडौँ- सीताराम माध्यमिक विद्यालय, रामकोट र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ। काठमाडौँको नागार्जुन नगरपालिका-६ स्थित सीताराम मावि र कोरियाली विश्वविद्यालयबीच शैक्षिक, प्राविधिक तथा कला कार्यक्रम, प्राविधिक सीप विकास, सिर्जनात्मक कला तथा प्रतिभा प्रदर्शनसम्बन्धी गतिविधिहरू अघि बढाउने समझदारी भएको हो।
विश्वविद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थानीय समस्याको पहिचान गरी समाधानका उपाय खोज्ने प्रक्रियाबाट विद्यार्थीमा सिर्जनशीलता, नेतृत्व क्षमता, सेवाभाव तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गरिनेछ। साथै बहुसांस्कृतिक आदान-प्रदान र आपसी समझदारीमार्फत समावेशी समाज निर्माणमा योगदान पुर्याउने उद्देश्य राखिएको उल्लेख गरिएको छ।
Read full story at source (himalpress.com)