सदर चिडियाखानामा ठाउँ अभाव, समस्या ज्यूँका त्यूँ
gorkhapatraonline.com · Tue Aug 25 13:21:49 GMT 2026

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा दैनिक रुपमा हजारौंको सङ्ख्यामा अवलोकनकर्ताले जीवजन्तु अवलोकन गर्ने गर्दछन् । सदर चिडियाखानाका प्रवक्ता गणेश कोइरालाका अनुसार एक हजारदेखि १२ सय आगन्तुक दैनिक भ्रमणमा आउने गरेका छन् भने सार्वजनिक बिदाका दिनमा यो सङ्ख्या चारदेखि पाँच हजारसम्म पुग्ने गरेको छ ।
उहाँका अनुसार एक वर्षमा झण्डै दश लाख आगन्तुक चिडियाखाना भ्रमणका लागि आउने गरेको तथ्याङ्क छ । हाल चिडियाखानामा एकसय प्रजातिका जम्मा १२ सय जीवजन्तु छन् ।
Read full story at source (gorkhapatraonline.com)