भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
rajdhanidaily.com · Thu Aug 27 06:49:07 GMT 2026

काठमाडौं । भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ। भारतीय विदेशमन्त्री डा। एस जयशंकरले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
“भारत नेपालका अधिकारीहरुसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौं”, उनले भनेका छन्। भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल पठाइएको उनको भनाइ छ। ज
Read full story at source (rajdhanidaily.com)