पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
lokaantar.com

पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् ।
Read full story at source (lokaantar.com)