‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’
khabarhub.com · Tue Aug 25 13:31:03 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धिताल ले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारका कामप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाउनु अधिकार भएको बताएकी छन् । उनले सरकारलाई संसद्बाट सत्तापक्षका सांसदले प्रश्न उठाउने कुरालाई अन्यथा मान्न नहुने बताइन्। सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके आफूहरू सत्तापक्षको बेन्चबाटै प्रतिपक्षको भूमिकामा उभिने उनी बताउँछिन् ।
रास्वपा सभापति रवि लामिछानेकी पूर्वसहकर्मीसमेत रहेकी धिताल २०८२ फागुन २१ गतेको निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्। उनले यसअघि पनि बारम्बार संसद्बाट सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएकी छन्। त्यहीकारण उनलाई त्यसरी प्रश्न नगर्न भनेर पार्टी केन्द्रले निर्देशन दिएको चर्चा पनि यसअघि भएको थियो ।
Read full story at source (khabarhub.com)