मुस्ताङमा यार्तुङ पर्वको रौनक: घोडाको टापसँगै गुञ्जिँदै हिमाली संस्कृति
barnanmedia.com · Tue Aug 25 13:31:02 GMT 2026

हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला यार्तुङ पर्वको रौनक छ । उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएलगत्तै वारागुङ मुक्तिक्षेत्रमा यसको चहलपहल बढेको छ । गाउँका चोक, चौतारा र मैदानमा मानिसहरूको जमघट बाक्लिएको छ । हिमाली हावामा घोडाको टापको आवाज गुञ्जिन थालेको छ ।
जनप्रिय युवा क्लब, रानीपौवाले आयोजना गर्न लागेको यार्तुङको घोडा दौडका लागि समाजसेवी ङुटुक गुरुङ ‘मुस्ताङ टाइगर’ पनि आफ्ना चार घोडासहित मुक्तिनाथ पुगेका छन् । घरमै चढ्नका लागि मात्रै उनका सातवटा घोडा छन् । ‘यार्तुङ केवल रमाइलो गर्ने पर्व होइन, हाम्रो संस्कृति र परम्परासँग जोडिएको पर्व हो,’ गुरुङ भन्छन्
Read full story at source (barnanmedia.com)