लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीद्वारा शपथ
gorkhapatraonline.com · Tue Aug 25 13:48:14 GMT 2026

लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णा कुश्मा थारूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसी लगायतको विशेष उपस्थितिमा शपथग्रहण समारोह आयोजना गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)