उपकुलपति तथा सरोकारवालाहरूसँग विधेयकबारे मन्त्रालयमा छलफल
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपति तथा अन्य सरोकारवालाहरूसँग महत्त्वपूर्ण छलफल गरेको छ।
सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलवार आयोजित उक्त बैठकमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने आवश्यक संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा विस्तृत सुझाव लिइएको छ। छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाहरूले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यावहारिक बनाउन नीतिगत सुधार अपरिहार्य रहेकोमा जोड दिएका छन्।
Read full story at source (hamrakura.com)