वन तस्करीमा बरामद सवारीसाधन लिलामी गरिँदै
barnanmedia.com · Sat Jul 11 08:57:17 GMT 2026

डिभिजन वन कार्यालय चितवनले वन क्षेत्रमा अवैध रूपमा काठ, दाउरा तथा अन्य वन पैदावार ओसारपसारका क्रममा बरामद भई वर्षौंदेखि बेवारिसे अवस्थामा रहेका सवारीसाधन लिलामी प्रक्रिया अघि बढाएको छ । लिलामीबाट करिब रु ३२ लाख ५० हजार राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।
डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार विशेषगरी कोरोना महामारीको समय र त्यसअघि बरामद गरिएका तर कसैले हकदाबी नगरेका ३२७ वटा साइकल, ५७ वटा मोटरसाइकल तथा ३० वटा तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन कार्यालय परिसरमा वर्षौँदेखि थन्किएका थिए ।
Read full story at source (barnanmedia.com)