बाग्मतीमा मुख्यमन्त्री थापालाई प्रदेशसभाको विश्वास, पक्षमा ५७ र विपक्षमा शून्य मत
nepalpress.com · Tue Aug 25 14:05:42 GMT 2026

काठमाडौं । बाग्मतीमा एमाले नेतृत्वको सरकार जोगिएको छ । मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभा बैठकमा विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्रीलाई ५७ जना संसदले विश्वासको मत दिएका छन् । विपक्षमा कुनै पनि मत खसेन । कांग्रेसले मतदान बहिष्कार गरेको थियो । राप्रपाका केहीले पक्षमा मतदान गरे भने केही तटस्थ बसे ।
Read full story at source (nepalpress.com)