के गर्दैछ कर्णाली सरकार ? मुख्यमन्त्री शाहीले दिए सांसदले उठाएका प्रश्नको जवाफ
ratopati.com · Tue Aug 25 14:11:15 GMT 2026

सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफू सरकारको नेतृत्वमा आएदेखि गरेका कामकारबाहीबारे संसदलाई जानकारी गराएका छन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सांसदहरूले बैठमा राखेका प्रश्नको उत्तरसहित कामकारबाहीबारे जानकारी गराएका हुन् । सांसद हिक्मत विष्ट, बलिमाया बुढा, कृष्णकुमार विसी लगायतले विपद्को समयमा भएका क्षतिबारे सरकारले गरेका कामकारबामहीबारे प्रश्न उठाएका थिए । ‘अहिले विपद्को समय छ, सरकार १ महिनासम्म अपुरै छ,’ विष्टले प्रश्न गरेका थिए, ‘अनि यो सरकारबाट के अपेक्षा गर्ने ?’
Read full story at source (ratopati.com)